बुधबार थप ७३६ जनामा कोरोना संक्रमण, १३ जनाको ज्यान गयो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बुधबार थप ७३६ जनामा कोरोना संक्रमण, १३ जनाको ज्यान गयो



काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा ५५५५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्।

आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्