स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा पुस २४ गते « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा पुस २४ गते



काठमाडौं । ट्याण्डर्ड चार्टर्ड बैंकले ३४ औं वार्षिक साधारण सभा पुस २४ गते बोलाएको छ । बैंकको साधारण सभा एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो १२ः१५ बजे भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । ८ गतेसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश लिन पाउने भएका छन् ।

सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत अर्थात प्रति १०० कित्ता शेयरमा नयाँ ७ कित्ता शेयरका दरले बोनस शेयर र कर प्रयोजनका लागि सहित गरी ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्