नागरिक लगानी कोषले हकप्रद सेयर जारी गर्न पायो बोर्डको अनुमति « Arthapath.com
२ पुष २०७७, बिहीबार

नागरिक लगानी कोषले हकप्रद सेयर जारी गर्न पायो बोर्डको अनुमति



काठमाडौं । नागरिक लगानी कोषलाई हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले पुस २ गते कम्पनीलाई चुक्ता पुँजीको १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।

अन्य समूह अन्तर्गतको यस कम्पनीले साविकका सेयरधनीहरुलाई १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्