नेप्से २२.७० अंकले घट्यो, ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार « Arthapath.com
२ पुष २०७७, बिहीबार

नेप्से २२.७० अंकले घट्यो, ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.७० अंकले घटेर २०३२.५१ को विन्दुमा बन्द भएको छ ।

बिहीबार दिनभरि १९५ वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ८० करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ५५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

माहुली लघुवित्तका लगानीकर्ताले ९.९३ प्रतिशतले बढेको छ भने एभरेष्ट इन्स्योरेन्सका प्रमोटर शेयर ९.८० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.५१ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्