बैंकर्स संघमा चुनावको लहर, उपाध्यक्षसहित दुई कार्यसमिति सदस्य चयन गर्ने « Arthapath.com
२ पुष २०७७, बिहीबार

बैंकर्स संघमा चुनावको लहर, उपाध्यक्षसहित दुई कार्यसमिति सदस्य चयन गर्ने



काठमाडौं । उपाध्यक्षसहित अन्य दुई कार्यसमिति सदस्य चयन गर्न नेपाल बैंकर्स संघले पुस मध्यमा वार्षिक साधारणसभा बोलाएको छ । गत मंगलबार संघको कार्य समितिले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्दै पुस दोस्रो साता साधारणसभा डाक्ने निर्णय गरेको हो ।

यस पटकको साधारणसभामा रिक्त रहेको उपाध्यक्ष पदमा चयन गरिने छ । नेपाल एसबीआई बैंकका अनुकुल भटनागर माउ कम्पनी फर्किएपछि उपाध्यक्ष पद खाली रहेको छ । यसबाहेक माछापुछ्रे बैंकबाट राजीनामा गरेर बाहिरिएका सुमन शर्माको पद पनि खाली छ । त्यस्तै, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सदस्य पद पनि दोस्रो कार्यकाल सकिँदै छ । यी तीनवटा पदका लागि संघको साधारणसभाले पूर्ति गर्नुपर्ने छ ।

‘बाहिर फोरमहरूमा जाँदा पनि बेग्लै खालको उपस्थिति होस् । नियामक, अर्थ मन्त्रालयलगायतले गर्ने ब्यवहार पनि फरक परोस् भन्ने हो । यसका लागि फ्रन्ट लाइनमा केही ठूला बैंकका सीईओहरू आएको राम्रो हुन्छ,’ कार्यसमितिका एक सदस्य बैंकरले भने, ‘वरिष्ठ बैंकरहरू मलाई रुचि छैन, भन्नुहुन्छ । साना बैंककाहरू मात्र अगाडि सर्छन् । यसले पनि अलिकति ब्यवस्थापन गर्न गाह्रो हुने रहेछ ।’ संघले केही दिनमै उमेद्वारी दाबी गर्न आह्वान गर्नेछ । त्यसपछि १४ वा १५ गते साधारणसभा बोलाउने छ । संघको अध्यक्षमा भुवन दहाल छन् । उपाध्यक्ष स्वतः अध्यक्ष हुने संघमा समझदारी छ ।


प्रतिक्रिया दिनुहोस्