हिमालयन डिष्टिलरीको प्रस्तावित १०० प्रतिशत लाभांश « Arthapath.com
३ पुष २०७७, शुक्रबार

हिमालयन डिष्टिलरीको प्रस्तावित १०० प्रतिशत लाभांश



काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २९ गते बुधबार बस्दै छ । सभा सो दिन पर्सा जिल्लाको विरगञ्जको लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने छ ।

सभामा जाने प्रयोजनको लागि आगामी पुस १७ गते शुक्रबार एक दिन कम्पनीको बुक क्लोज हुने छ । यससँगै कम्पनीको प्रस्तावित लाभांश पाउन आगामी पुस १६ गतेसम्म कम्पनीको सेयर किन्नु पर्ने छ । सो अवधिसम्म सेयर किनेका सेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउने छन् र कम्पनीको साधारण सभामा पनि भाग लिन पनि योग्य हुने छन् ।


प्रतिक्रिया दिनुहोस्