इतिहासमै सबैभन्दा कम व्याज घोषणा « Arthapath.com
३ पुष २०७७, शुक्रबार

इतिहासमै सबैभन्दा कम व्याज घोषणा



काठमाडौं । बेलायतको केन्द्रीय बैंक बैंक अफ इंग्ल्याण्ड (बीओआई) ले मुख्य ब्याज दर ०.१ प्रतिशत कायम गरेको छ । केन्द्रीय बैंकले क्वांटेटिभ इजिंग बन्ड खरीद कार्यक्रममा ८९५ अरब पाउन्ड (१.२ लाख करोड डलर) मा कायम राखेको छ । बेलायतमा कोरोनाभाइरस संक्रमण तीव्र गतिले बढेको कारण अपेक्षित भन्दा बढी नोक्सान भोग्न सक्ने चेतावनी पनि दिएको छ ।

बैंकका अनुसार बेलायतमा कोरोना भाइरसको दोस्रो चरणपछि लागु गरीएको लकडाउनको कारण अर्थव्यवस्था फेरि दबाबमा परेको छ । यसको कारणले, २०२१ को पहिलो क्वाटरमा बेलायतको जीडीपी प्रदर्शन अनुमानित भन्दा खराब हुनेछ । गत महिना, बीओआईले २०२० को चौथो क्वाटरमामा बेलायत दोस्रो पटक मन्दीमा पर्न सक्ने बताएको थियो ।

बीओआईका अनुसार डिसेम्बर क्वार्टरमा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतभन्दा बढी गिरावट आउन सक्छ । यसको मतलव २०२० मा जीडिपी २०१९ को तुलनामा ११ प्रतिशतले घट्न सक्छ । यदि यस्तो भएमा यो बेलायतको लागि ३०० बर्षको सब भन्दा ठूलो मन्दी हुने छ ।


प्रतिक्रिया दिनुहोस्