लाभांश प्रस्ताव पारित गर्न बङ्गलादेश बैंकको साधारण सभा पुस २६ गते « Arthapath.com
५ पुष २०७७, आईतवार

लाभांश प्रस्ताव पारित गर्न बङ्गलादेश बैंकको साधारण सभा पुस २६ गते



काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २६औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकले कोरोना माहामारीलाई ख्याल गर्दै जुम र फेसबुक लाइभमार्फत सभा आयोजना गर्ने जनाएको छ । सभाले असार मसान्तसम्म कायम रहेको चुूक्तापूँजीको २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ ।

त्यस्तै, बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्