एनआईसी एशिया बैंक सेयर बेचेर यही महिना ६१ करोड हात पार्दै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ कम्पनीको सेयर बेचेर यही महिना कम्तिमा ६१ करोड रुपैयाँ कमाएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समुहको सेयर पुस ५ गतेदेखि बोलकबोलबाट बिक्री गर्ने भएको हो ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १४ हजार ३ सय ६ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
नागरिक लगानी कोषको सेयरका लागि कम्तिमा २ हजार ७ सय ४० रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि कम्तिमा ५ सय २० रूपैयाँ तिर्न कबोल गर्नेहरूले मात्र आवेदन दिन सक्ने छन् ।
यस हिसावले बैंकले नागरिक लगानी कोषको सेयरबाट कम्तिमा ५५ करोड ५० लाख १४ हजार ४ सय रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरबाट कम्तिमा ६१ करोड ४४ लाख ५३ हजार ५ सय २० रूपैयाँ हात पार्ने छ । बजारमा नागरिक लगानी कोषको संस्थापक सेयरको कारोबार भएको छैन ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर पछिल्लो पटक प्रतिकित्ता ४ सय १८ रूपैयाँमा कारोबार भएको थियो । बैंकले तोकेको न्युनतम मूल्यभन्दा वढी मूल्य तिर्न कबोल गरेर लगानीकर्ताहरूले आवेदन गर्ने निश्चित छ । यस हिसाबले बैंकले राम्रै रकम सेयर बेचेर जम्मा गर्ने देखिन्छ ।