विजय लघुवित्तको २० प्रतिशत लाभांश घोषणा « Arthapath.com
६ पुष २०७७, सोमबार

विजय लघुवित्तको २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ सहित० गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको १२४ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरी सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ । असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ थियो ।


प्रतिक्रिया दिनुहोस्