समृद्धि फाइनान्सले २:१ बराबर हकप्रद जारी गर्ने, पुस २७ गते साधारण सभा, यस्ता छन् एजेण्डा « Arthapath.com
६ पुष २०७७, सोमबार

समृद्धि फाइनान्सले २:१ बराबर हकप्रद जारी गर्ने, पुस २७ गते साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावलाई साधारण सभा बोलाएको छ । कम्पनीको पुस २७ गते, मंगलबार, होटल सामना, हेटौँडा, मकवानपुरमा १९ औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको हो ।

कम्पनीले २ बराबर १ अनुपातमा १०० अंकित दरका २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, फाइनान्सको मुख्य कार्यालय परिवर्तन गरी, काठमाडौँ २८ मा केन्द्रिय कार्यालय स्थानान्तरण गर्ने र नयाँ सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पनि सो सभाले पारित गर्ने भएको हो । त्यस्तै, कम्पनीको साधारण सभा प्रयोजनार्थ फाइनान्सले पुस २२ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्