एनएमबि लघुवित्तको पुस २७ गते साधारण सभा, लाभांश पारित गर्ने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एनएमबि लघुवित्तको पुस २७ गते साधारण सभा, लाभांश पारित गर्ने



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । बिहान ११ बजे पोखराको पोखरा ग्रान्ड होटलमा आफ्नो आठौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

त्यस्तै, सभाले कुनै संस्थासँग गाभ्ने तथा गाभिने तथा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म संस्थाको बुक क्लोज हुने भएको छ । यससँगै, पुस १३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश सहित साधारणसभामा भाग लिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्