ओली सरकार विघटन भएको हो, संसद होइन: प्रचण्ड « Arthapath.com
७ पुष २०७७, मंगलवार

ओली सरकार विघटन भएको हो, संसद होइन: प्रचण्ड



काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संसद विघटन नभएर ओली सरकार विघटन भएको दाबी गरेका छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको भन्दै उनले अझै पनि संसद विघटन नभएको बताएका हुन् ।

‘हामी लिडिङ पार्टी हौ, अरू कुनै पार्टी पनि विघटन मान्न तयार छैनन्, हामीले अदालतमा अपिल गरेका छौं, अदालतबाट संसद पुनस्र्थपना हुन्छ’, उनले भने ।

उनले आफूकहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै संविधान, नियम कानुन अनुसार यो नै वैधानिक नेकपा भएको बताए ।


प्रतिक्रिया दिनुहोस्