गृहमन्त्री बादलका सल्लाहकारले भने नेकपा दुई टुक्रा भयो « Arthapath.com
७ पुष २०७७, मंगलवार

गृहमन्त्री बादलका सल्लाहकारले भने नेकपा दुई टुक्रा भयो



काठमाडौं । गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी पर्थिकले नेकपा दुई टुक्रा भएको बताएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका पर्थिकले सग्लो नेकपा दुई टुक्रा भएको बताएका हुन् ।

‘आजबाट सग्लो नेकपा दुई टुक्रा भएको छ,’ दुबै भेलामा नगएका उनले फेसबुकमा लेखेका छन्, ‘हामीले अहोरात्र पार्टी र यसको एकतालाई बचाइराख्न मिलेर, मिलाएर पार्टी र सरकार सञ्चालन गर्न गरिएको भगिरथ प्रयत्न बस्तुत असफल भएको छ, अब हामी विचार र राजनीतिको आधारमा छिट्टै सहि निष्कर्षमा पुगिन्छ ।’

त्यस्तै, मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको हो । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई उक्त पदमा लैजाने तयारी गरेकाले नेकपा पार्टी फुटमा पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्