मंगलबार र बुधबार गरि सुनको मूल्य १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
८ पुष २०७७, बुधबार

मंगलबार र बुधबार गरि सुनको मूल्य १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भ्रएको छ । बुधबार तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले घटेर तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रूपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले घटेर तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि स्थिर रहेर तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्