अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन लागुः अध्यक्ष ढुंगाना « Arthapath.com
९ पुष २०७७, बिहीबार

अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन लागुः अध्यक्ष ढुंगाना



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन लागु गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको टोलीसँगको भेटमा अध्यक्ष ढुंगानाले ब्रोकर कमिसनको विषयमा छलफल जारी रहेकोले अंग्रेजी नयाँ वर्षदेखि यो लागू गर्न सकिने बताएका हुन् ।

उनले भने “मोडालिटिमा हामी करिब–करिब अन्तिम चरणामा छौ, तर काम अझै बाँकी छ, प्राविधिक रुपमा पनि थुप्रै काम गर्न बाँकी छन्, सम्भवत अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन लागू गर्न सकिन्छ ।”

नाफिजसंगको भेटमा सेबन अध्यक्षले के के भने ?

  • १६ लाखबाट २३ लाख डिम्याट खाता पुग्यो ।
  • अनलाइन शेयर कारोबार गर्ने एक वर्षमा २२ हजारबाट २ लाख २० हजार पुग्यो
  • हालसम्मकै सबैभन्दा धेरै २०७१ बिन्दुमा गत महिना नेप्से पुग्यो ।
  • अब बजार राम्रो हुँदै छ ।
  • बैक इन्ट्रीगेसन, ब्रोकर टीएमयस सुधार, इलेक्ट्रोनिक रिपोर्टिङ कमे लागि डिजिटल काम अघि बढाएका छौं ।
  • इ केवाईसी भर्ने व्यवस्था मिलाउन सीडीएसीलाई कार्यविधि बनाउन भनेका छौं ।
  • स्टक डिलर इजाजत यसै महिना दिन सकिने अवस्था भएको छ ।
  • बजार राम्रो बनाउन हामीले सबै प्रयास गरेका छौं ।
  • कानुनी सुधारमा पनि काम भएको छ ।
  • बोर्डको क्षमता अभिवृद्धि गर्न कर्मचारीलाई तालिम तथा अभिमुखिकरण बढाउँदैं बोर्डको पूर्वाधार निर्माणमा पनि लागेका छौं ।
  • ब्रोकर कमिसनका सन्दर्भमा हामीले छलफल जारी छ । कमिशन घटाउँदा श्याल्ब पनि पुनर्विचार गर्नु पर्ला । मोडालिटिमा हामी करिब करिब अन्तिम चरणामा छौ तर काम अझै बाँकी छ । प्राविधिक रुपमा पनि थुप्रै काम गर्न बाँकी छ । सम्भवत हामी अंग्रेजी नयाँ वर्षदेखि हामी यो लागू गर्न सक्छौं ।


प्रतिक्रिया दिनुहोस्