ब्रोकर कमिसन घटाएपछि गुनासो गर्न बोर्ड पुगे ब्रोकर ब्यवसायी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ब्रोकर कमिसन घटाएपछि गुनासो गर्न बोर्ड पुगे ब्रोकर ब्यवसायी



काठमाडौं । स्टक ब्रोकर एशोसिएसनहरु ब्रोकर कमिसन घटाएको बिरोधमा धितोपत्र बोर्डमा पुगी ज्ञापन पत्र बुझाएका छन् । ब्रोकरहरुले तत्काल नयाँ कमिसन दर पुनरावलोकन गर्न बोर्डसमक्ष माग गरेका हुन् । आइतबार बिहान १० बजे ५० ब्रोकर कम्पनीका धितोपत्र दलाल सदस्यहरू बोर्ड पुगेर ज्ञापन पत्र दिएका हुन् ।

बजारको विश्वसनीयता कायम राख्न दलाल व्यवसायीले बहन गरेको वित्तीय तथा सञ्चालन जोखिम, उच्च करको दर, लगानीको प्रतिफल लगायतलाई हेर्दा पश्चिमा देशहरुको भन्दा पनि सस्तो कमिसन दरलाई नयाँ लगानीकर्ता आकर्षित गर्ने, बजारको गतिशीलता बढाउने नाममा थप ६० प्रतिशतसम्मको कमिसन कटौती गर्नु खेदपूर्ण रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । बोर्डले आइतबारदेखि लागुहुने गरि शुक्रबार ब्रोकर कमिसनमा परिमार्जन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्