नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका सिईओ उपाध्याय « Arthapath.com
१३ पुष २०७७, सोमबार

नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका सिईओ उपाध्याय



काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । आइतबार उपाध्यायलाई चयन गरिएको हो ।

संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुने छ । त्यस्तै, एशोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका सीईओ दीपककुमार डे निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

नेपाल एसबीआई बैंकका अनुकुल भटनागर माउ कम्पनी फर्किएपछि उपाध्यक्ष पद खाली रहेको थियो । त्यस्तै, माछापुछ्रे बैंकबाट राजीनामा गरेर बाहिरिएका सुमन शर्माको पद पनि खाली थियो । त्यस्तै, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सदस्य पद पनि दोस्रो कार्यकाल सकिएको थियो । संघको अध्यक्षमा भुवन दहाल छन् । उपाध्यक्ष स्वतः अध्यक्ष हुने संघमा समझदारी छ ।


प्रतिक्रिया दिनुहोस्