३ करोड ६५ लाख बिगो मागदाबी गरि आयोजना प्रमुखसहित ५ जना विरुद्ध भष्ट्राचारको मुद्दा « Arthapath.com
१३ पुष २०७७, सोमबार

३ करोड ६५ लाख बिगो मागदाबी गरि आयोजना प्रमुखसहित ५ जना विरुद्ध भष्ट्राचारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर गरेको छ ।

परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवले आयोजनाको ठेक्का समयमा नै सम्पन्न गर्न नसकको र स्टण्ड निमार्णमा गुणस्तरहिन ग्याविन तारको प्रयोग गरेको र प्रथम रगिंन बिलदेखि सातौँ रगिंन बिलसम्मका बिलहरुको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्वीकृत गरेको पाइएको छ ।

त्यस्तै, आयोगले कम गुणस्तरको ग्यावियन तारबाट निर्मित स्टण्ड हरुलाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्तीरमैनाचुली जे.भी. का मुख्य पार्टनर महादेव खिम्ती निर्माण सेवा प्रा.लि. का मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र महादेव खिम्ती र मैनाचुली जे.भी.का साझेदार मैनाचुली निर्माण सेवा प्रा.लि.का मेनेजिङ्ग डाइरेक्टर मदन कुमार अधिकारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले रवि सिंह र मदन कुमार अधिकारी उपर मुददा दायर गरेको हो ।

इन्जिनियर पाण्डव प्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बील स्वीकृत गरी भुक्तानी गराएको हुँदा निजहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ३ करोड ६५ लाख ९ हजार ४ सय ५६ रुपैयाँ ३४ पैसा बिगो निजहरुबाट असुलउपर गरी जफत गर्न मागदाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्