भीम रावलको दबाबमा सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त « Arthapath.com
१४ पुष २०७७, मंगलवार

भीम रावलको दबाबमा सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त



काठमाडौं । नेकपा केन्द्र विवाद सातै प्रदेशमा देखा परेको छ । प्रदेश न. १ हुँदै सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव परेको छ । विभिन्न प्रदेशका मन्त्रीहरु स्वयम् राजिनामा दिँदै आएका छन् भने केहि मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गर्दै छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् । मन्त्री बोहरालाई नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले मुख्यमन्त्री भट्टलाई दबाब दिएर पदमुक्त गरिएको ओली निकट एक नेताले बताएका छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताएका छन् । प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन् । बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री हुन् ।


प्रतिक्रिया दिनुहोस्