मिस यूनिभर्स नेपालको क्राउन भयो सार्वजनिक, अपला ज्वेल्स बने क्राउनका प्रायोजक « Arthapath.com
१४ पुष २०७७, मंगलवार

मिस यूनिभर्स नेपालको क्राउन भयो सार्वजनिक, अपला ज्वेल्स बने क्राउनका प्रायोजक



काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस १३ गते मेरिएट होटोलमा भएको एक भव्य समारोहमा मिस यूनिभर्स नेपालको शानदार क्राउन पहिलो पटक सार्वजनिक गरियो ।

सुवेक्षा खड्काद्वारा संचालित उक्त समारोहमा सर्वप्रथम क्राउन बनाउने प्रक्रीयाको रोमाञ्चक भिडियो देखाइयो, जुन आफैमा प्रशंसनीय थियो । त्यस पश्चात् उत्कृष्ट १८ का साथै विभिन्न क्षेत्रका विशिष्ट अतिथि, प्रायोजक र निर्णायकहरुको उपस्थितिमा अपला ज्वेल्सद्वारा निर्मित एवं प्रायोजित मिस यूनिभर्स नेपालको शानदार क्राउन सार्वजनिक गरियो ।

यस मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन्, जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो । यसका साथै विजेताले १५ लाख मूल्यको शानदार क्राउन पनि आफ्नो घर लग्ने सौभाग्य पाउने छन् ।

मिस यूनिभर्स नेपालमा उत्कृष्ट प्रदर्शन गर्नका लागि उत्कृष्ट १८ गत बिहीबारदेखि नै मेरिएट होटेलमा क्लोज क्याम्पमा बसिहेका छन् । मिस यूनिभर्स नेपालको ग्राण्ड फिनाले भने यही पुस १५ गते हुनेछ ।

हिरा जडित क्राउनको प्रायोजन अपला ज्वेल्सले गरे भने, MUN ले होन्डा, आईक्लीन ३६०, हाम्रो पात्रो, रुटिन अफ नेपाल बन्द, स्कीन आर्टस, व्यञ्जनका साथै अन्यसँग पनि साझेदारी गरेका छन् ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्