प्रचण्ड–माधवको कार्यकर्तालाई झुटा आश्वासन, प्रदर्शनमा बिरामी बोकेको एम्बुलेन्सलाई पनि रोके (भिडियोसहित) « Arthapath.com
१४ पुष २०७७, मंगलवार

प्रचण्ड–माधवको कार्यकर्तालाई झुटा आश्वासन, प्रदर्शनमा बिरामी बोकेको एम्बुलेन्सलाई पनि रोके (भिडियोसहित)



काठमाडौं । संसद् विघटनको विरुद्ध र सत्तामा पुग्न नपाएको झोकले सडकमा आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूह यतिबेला आन्दोलनमा छन् । प्रचण्ड–माधव समूहले संसद् विघटनको प्रस्ताव फिर्ता नलिएसम्म सडकमा नै रहने घोषणा गरेका छन् ।

प्रचण्ड–माधव समूहले पौष १४ गते काठमाडौंको भृकुटीमा ५० हजार कार्यकर्ता ल्याएर विरोध गर्ने घोषणा गरेका थिए । प्रचण्ड–माधव समूहको विरोध कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले लाखौ मानिस आएको दावी गरेपनि मुस्किलले १०–१५ हजार कार्यकर्ता सहभागी भएका थिए । सहयोगीहरूमध्ये पनि सबै उनीहरूको समूहका हुन् भनेर पत्याउन पनि  गाह्रो छ । 

त्यस्तै, विरोध कार्यक्रमको सम्बोधन स्थलमा पुग्नका लागि चौतर्फी रुपमा नारा लगाउँदै आएका कार्यकर्ताहरू अधिकांशलाई भाडामा ल्याएको थियो । आन्दोलन अगाडि बढ्दै थियो एक जनाले सोध्यो कार्यक्रम कता हुने हो ? मैले उत्तर नदिईकन उल्टै प्रतिप्रश्न गरे अनि तपाई किन झण्डा समातेर नारा लगाएको त ? त्रिचन्द्र कलेजको एक जना दाइले आन्दोलन छ आउ है भाइ भनेर बोलाएको थियो त्यसैले आएको, उनको उत्तर यस्तो थियो । 

त्यस्तै, बागबजारको आकाशे पुलबाट आन्दोलन अगाडि बढिरहेको थियो । प्रहरीले सडक नै जाम गरेर सवारी साधन भन्दा पनि आन्दोलनकारीलाई प्राथमिकता दियो । जबकी सवारी साधनहरूमा बिरामी बोकेको एम्बुलेन्स बाटो नपाएर साईरन बजाउँदै थियो । तर आन्दोलनकारीले बाटो छोड्न त परै जाओस प्रहरीले समेत उक्त भिडलाई केही गर्न सकेन ।

यो भिडियो हेर्नुहोलाः

काठमाडौंका विभिन्न क्षेत्रबाट सडकमा आन्दोलन गर्दै आएका आन्दोलनकारीहरूले सडक नै जाम गरेका थिए । जबकी आन्दोलनकारी थोरै थिए भने उनीहरूको जामले बढि भिड रहेको थियो । 
विरोध कार्यक्रमले पुतलिसडक, भद्रकाली, न्यूरोड, रत्नपार्क, बागबजार लगायत भृकुटीमण्डप क्षेत्र अस्तव्यस्त बन्यो । कार्यक्रमले व्यापारव्यवसायमा नै असर पर्यो । आन्दोलनले गर्दा लाखौको व्यापारमा घाटा लागेको एक जना व्यवसायीले गुनासो गरे । 

राजनीतिक स्थिरता खोजेका नेपाली जनताले फेरि अस्थिरता निम्त्याएको छ । जनताले सुशासन खोजेका थिए तर आन्दोलनले गर्दा फेरि देशलाई बर्वादी धकेल्ने एक जना विद्यार्थीले बताए । उनले भने, “समय बर्बाद, सडक जाम गरेर मान्छेले हिड्ने ठाउँ पाएनन्, सेवा सुविधा बन्द भयो ।” 
कार्यक्रम समयमै शुरु हुनुपर्नेमा अलिक ढिला शुरु भएको थियो । कार्यक्रमको शुरुमा मुस्किलले १० हजारदेखि १५ हजारसम्म उपस्थिति रहेको थियो । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालको सम्बोधनले नै आएका दर्शकहरू नै आ–आफ्नो बाटो लागे । क्रमिक रुपमा सम्बोधन गर्दै जाँदा प्रचण्डले मन्तब्य राख्दासम्म एक हजार कार्यकर्ता जतिको उपस्थिति रहेको थियो । भरिभराउ बनेको भृकुटीमण्डप एकाएक कुरुप बन्यो । आन्दोलनकारीले खाएर फालेको फोहोरै फोहोरले सडक नै फोहोरमय बन्यो । 

झण्डा फाल्दै दाउराको प्रयोग 
आन्दोलनमा आएका कार्यकर्ता आफ्नो बाटो लाग्दै थिए । केही ब्यक्तिहरु झण्डा हटाउदै काठलाई बोकेर घर लगिरहेका थिए । झण्डा च्यातेर किन काठ मात्रै बोकेको भन्ने प्रश्नमा दाउरा बाल्नको लागि हो भन्ने उत्तर फर्काए ।  

समग्र रुपमा विश्लेषण गर्दा पौष १४ गतेको विरोध कार्यक्रम सत्तामा पुग्न नपाएको झोकले पुष्पकमल दाहाल र माधव नेपालले सडक आन्दोलन गरेको स्पष्ट हुन्छ । लाखौ मान्छे उतार्ने बताएका उनीहरुले प्रचण्ड र माधव नेपालले संबोधन गर्ने समयमा सबैजना घर गइसकेका थिए । संसद् पुनस्थापन गर्छाै र फेरी सत्तामा पुगेर कार्यकर्ताको व्यवस्थापन गर्ने भन्दै कार्यकर्तालाई आश्वासन दिए । दिनभर सडकमा हजारौं राजधानी बासीलाई सडक जाम गरेर दुःख दिएका नेताहरुले पुन संसद् पुनस्थापन गरेर सत्तामा पुग्ने उद्घोष मात्रै गरेनन् की प्रधानमन्त्री केपी शर्माओलीलाई अनेक किसिमका आरोप समेत लगाए । कार्यक्रममा निक्कै आक्रामक बनेका झलनाथ खनाल आफु छिट्टै राष्ट्रपती बन्ने लालसाले लिप्त देखिन्थे ।

लाखौको उपस्थिति दावी गरिएपनि सभामा बोल्ने नेताको मात्रै उपस्थिति देखेपछि प्रचण्डले आफ्नो भाषणनै छोट्याए । प्रचण्डले सभामा सर्वोच्च अदालतलाई फकाउँदै आन्दोलन हेरेर निर्णय लिन आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस्