“कोरोनाको कथा लकडाउनको व्यथा” नामक गीतिकाव्य पुस्तक विमोचन « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

“कोरोनाको कथा लकडाउनको व्यथा” नामक गीतिकाव्य पुस्तक विमोचन



काठमाडौं । कवि प्रेम बहादुर सिंहद्वार लिखित “कोरोनाको कथा लकडाउनको व्यथा” नामक गीतिकाव्य पुस्तक विमोचन गरिएको छ । बुधबार सुदूरपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा पुस्तकको बिमोचन गरिएको हो । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले उक्त गीतिकाव्य विमोचन गरेका हुन । 

कवि प्रेम बहादुर सिंहद्वार लिखित गीतिकाव्य पुस्तकमा कोरोना महामारीको सुरुवातीदेखि हालसम्म मानिसहरूले भोग्नुपरेको समस्या, क्षति र कोरोना सङ्क्रमणबाट कसरी बच्न सकिन्छ भन्ने सन्देश गीति रचना मार्फत सन्देश दिन खोजेका छन् ।  उनले विश्व महामारी कोरोना सङ्क्रमण २ सय १३ राष्ट्रमा फैलिएको बताउँदै यो गीति काव्यमा १२ ओटा विषयवस्तु तथा क्षेत्र समेटेर गीतिकाव्य पुस्तक प्रकाशन गरेको बताए । १२ ओटा विषयवस्तु तथा अध्यायमा कोरोना काण्ड, कोरोना लकडाउन काण्ड, लकडाउन कोरोना क्वारेन्टाइन काण्ड, शिक्षा काण्ड, स्वास्थ्य काण्ड, आर्थिक तथा भ्रष्टाचार काण्ड, राजनीतिक तथा सामाजिक काण्ड, प्राकृतिक प्रकोप तथा भोकमरी काण्ड, व्यवसाय तथा रोजगार काण्ड, धार्मिक सांस्कृतिक भूमि काण्ड र बचाउ तथा होसियार काण्ड गरी सबै विषय बस्तु अध्यायमा समेटेको उनले बताए । 

बझाङगको दुर्गाथली गाउँपालिकामा जन्मिनु भएका कविको पहिलो यो कृती हो । यसले इतिहास रहने उनले बताउँदै कोरोनाबाट सबैले बच्न समेत सन्देश उनले दिए । आगामी दिनमा पनि साहित्य क्षेत्रमा लाग्ने उनको भनाई छ । गीतिकाव्य पुस्तक विमोचन कार्यक्रममा बिभिन्न ब्यक्तिहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्