मङ्सिरसम्म ५० अर्ब बीमाशुल्क संकलन, नेपाल लाइफको सबैभन्दा धेरै

काठमाडौं । बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले चालू आर्थिक बर्ष २०७७।०७८ को पहिलो ५ महीनामा करीब आधा खर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ५ महीनामा कुल ४९ अर्ब २९ करोड बराबरको बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कात्तिक मसान्तसम्म रू. ३९ अर्ब २२ करोड बीमाशुल्क आर्जन गरेका बीमा कम्पनीले असोजमा मात्रै १० अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी रू. १४ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ कम्पनीले ०.३५ अर्ब रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपालले रू. ७ अर्ब १२ करोड बीमाशुल्क संकलन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले रू. ५ अर्ब ५३ करोड बीमाशुल्क उठाएको छ ।
पछिल्लो ३ वर्षमा सञ्चालनमा आएका १० नयाँ बीमा कम्पनीमध्ये युनियन लाइफले केही पुराना कम्पनीलाई पछि पार्दै रू. २ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको कारण गत आवको चैत, वैशाख र जेठमा बीमाशुल्क संकलन नराम्रोसँग प्रभावित भएको थियो । तर, असारदेखि बन्दाबन्दी खुकुलो बनाएपछि भने बीमा व्यवसाय विस्तारै चलायमान हुँदै गएको छ ।
क्र.स. | बीमा कम्पनी | रकम |
१ | नेपाल लाइफ | रु. १४.१२ अर्ब |
२ | एलआईसी नेपाल | रु. ७.१२ अर्ब |
३ | राष्ट्रिय बीमा संस्थान | रु. ५.५३ अर्ब |
४ | नेशनल लाइफ | रु. ४.४६ अर्ब |
५ | युनियन लाइफ | रु. २.४७ अर्ब |
६ | एशियन लाइफ | रु. २.३० अर्ब |
७ | मेट लाइफ | रु. २.०१ अर्ब |
८ | सूर्या लाइफ | रु. १.४५ अर्ब |
९ | गुराँस लाइफ | रु. १.४० अर्ब |
१० | प्राइम लाइफ | रु. १.६६ अर्ब |
११ | ज्योति लाइफ | रु. ०.९३ अर्ब |
१२ | आईएमई लाइफ | रु. ०.८८ अर्ब |
१३ | सन नेपाल लाइफ | रु. ०.७३ अर्ब |
१४ | सानिमा लाइफ | रु. ०.६७ अर्ब |
१५ | रिलायन्स लाइफ | रु. ०.६१ अर्ब |
१६ | प्रभु लाइफ | रु. ०.४४ अर्ब |
१७ | रिलायबल लाइफ | रु. ०.९८ अर्ब |
१८ | सिटिजन लाइफ | रु. १.०८ अर्ब |
१९ | महालक्ष्मी लाइफ | रु. ०.३५ अर्ब |