झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने ? : ओली

काठमाडौं । प्रतिनिधिसभा विघटनपश्चात सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिक नेतृत्व कसको भन्नेबारे विमति चर्किरहेको बेला प्रधानमन्त्री केपी ओलीले पार्टी आफूहरूले नै बनाएको भन्दै विरोधीहरूको निन्दा गरेका छन ।
असन्तुष्ट समूहको अगुवाइ गरिरहेका नेताहरूले निर्वाचन आयोगमा आफूहरू असली होु भनेर निवेदन दिएको जानकारी पाएको ओलीले बताएका छन ।
काठमाण्डूमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, जसको घर हो, जसको जमिन हो, ऊ मेरो हो भन्दै निवेदन हाल्न जान्छ? यो पार्टी हामीले बनाएको हो। विधिसम्मत ढङ्गले पार्टी सञ्चालन गरिरहेका छा ैँ। झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने ? भनेका छन ।