बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा « Arthapath.com
२१ पुष २०७७, मंगलवार

बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा



काठमाडौं । बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको सङ्क्रमणको दर बढ्दै गएपछि दोर्होयाएर लकडाउनको घोषणा गरेका बेलायतका संचार माध्यमले जनाएको छ ।

लकडाउनको घोषणा भएसंगै सबै नागरिकलाई घरमै बस्न र अनावश्यक घरबाट बाहिर नस्किन पनि प्रधानमन्त्री जोनसोनले आग्रह गरेका छन । आजबाट लागू हुने लकडाउन केही जारी रहने बताइएको छ ।


बेलायतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रकार फैलिएपछि तीव्र गतिमा सङ्क्रमण बढ्न थालेको छ । हालसम्म कोरोनाका कारण बेलायतमा सङ्क्रमित हुनेको संख्या २७ लाख १३ हजार ५ सय नाघेको छ ।


प्रतिक्रिया दिनुहोस्