कृषि विश्वविद्यालयमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त « Arthapath.com
२२ पुष २०७७, बुधबार

कृषि विश्वविद्यालयमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त



काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ ।

रजिष्ट्रारमा प्रा.डा. शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्रा.डा. कल्याणी मिश्र त्रिपाठी र वन सङ्कायको डिनमा प्रा.डा. बलराम भट्ट नियुक्त भएका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. थपलियालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

गएको माघ १२ गते प्राडा मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्ट्रार पद रिक्त थियो ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले त्रिपाठीलाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो ।

उपकुलपति रेग्मीले भट्टलाई वन सङ्कायको डिनमा नियुक्त गर्नुभएको हो । छनोट समितिले प्रा वासुदेव पोखरेल र प्रा बलराम शर्मासहित भट्टको नाम सिफारिस गरेको थियो । भट्ट यसअघि पनि सोही सङ्कायको डिन थिए । सो सङ्काय हेटौंँडामा छ ।


प्रतिक्रिया दिनुहोस्