आर्थिक हिनामिनाको आरोपमा नेकपाले भीम रावललाई कार्बाही गर्दै « Arthapath.com
२३ पुष २०७७, बिहीबार

आर्थिक हिनामिनाको आरोपमा नेकपाले भीम रावललाई कार्बाही गर्दै



काठमाडौं । आर्थिक हिनामिना गरेको आरोपामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह सुदूरपश्चिम कमिटीले प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम पार्टी इन्चार्ज भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको प्रदेश इन्चार्ज लेखराज भट्टले जानकारी दिए ।

उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूह प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेर ५५१ सदस्यीय बनाएको छ । यता नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्