चोरीका मोटरसाईकलसहित धादिङका २ युवक पक्राउ « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

चोरीका मोटरसाईकलसहित धादिङका २ युवक पक्राउ



काठमाडौं । चोरीको मोटरसाईकलसहित धादिङका २ युवक पक्राउ परेका छन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ उनीहरुलाई पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङलाई मोटरसाईकलसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका ९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका वडा नं १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङ्ले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सीसीको पल्सर मोटरसाईकलसहित पक्राउ परेका हुन ।

। अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं प्रदेश ३०२०१२ प ९८३५ खुल्न आएको छ ।

उक्त नम्बरको मोटरसाईकल मिति २०७६।०९।२६ गते साढे नौं बजेको समयमा काठमाण्डौं सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएपछि खोज तलास गरी पाउँ भनी ट्राफिक महाशाखामा जिल्ला पर्सा ठोरी गाउँपालिका ९ बस्ने पूर्ण बहादुर थापाले निवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्