राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्ने कोईरालाको सपना चकनाचूर, धनिरामले लिए अध्यक्षको सपथ « Arthapath.com
२३ असार २०८२, सोमबार

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्ने कोईरालाको सपना चकनाचूर, धनिरामले लिए अध्यक्षको सपथ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी प्रा.डा.उपेन्द्र कोइरालाको सपना चकनाचूर भएको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिमा अध्यक्ष धनिराम शर्माले सपथ लिएपछि कोईरालाको सपना अधुरै रहेको हो । शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कोईरालालाई पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नै क्याविनेटका सिनियर मन्त्रीका सम्धीलाई वाणिज्य बैंकको संचालकमा सिफारिस गरेका थिए तर उनको चर्काे विरोध भएपछि धनिराम शर्मालाई अध्यक्ष बनाएको हो ।

यसअघि वाणिज्य बैंकको अध्यक्ष रहेका निर्मलहरी अधिकारीलाई सरकारले राजश्व वोर्डको सदस्यमा नियुक्त गरेपछि बाणिज्य बैंकमा अध्यक्ष खालि रहेको थियो । बैंक संचालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत हुनुहुन्थ्यो ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्