नेपाल पुनर्बीमा कम्पनिको संचालक सदस्यमा झा नियुक्त,लम्साललाई अवकाश

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनिको संचालक सदस्यमा सुखचन्द्र झा नियुक्त भएका छन ।अर्थ मन्त्रालय वितिय क्षेत्र ब्यस्थापनको तथा संमन्वय महाशाखाको पत्रअनुसार नेपाल सरकारका मन्त्रीहरुको निर्णयानुसार सुखचन्द्र झालाई संचालक सदस्यमा नियुक्त गरिएको हो ।
उनलाई कम्पनिको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २७ २ क तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनि निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन मापदण्ड २०७३ बमोजीम कम्पनकिो संचालक समितिको सदस्य पदमा नियुक्ति गरिएको कम्पनिले जानकारी दिएको छ ।
त्यस्तै रमेश लम्साललाई कम्पनिको संचालक समितिको सदस्यबाट अवकाश दिईएको पनि कम्पनिले निकालेको सुचनामा उल्लेख गरिएको छ ।
