सुनको मूल्य एकैदिन २३ सय रुपैयाँ घट्यो, आइतबार कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२६ पुष २०७७, आईतवार

सुनको मूल्य एकैदिन २३ सय रुपैयाँ घट्यो, आइतबार कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सुनको मूल्यमा भारी गिरावट आएको छ । साताको पहिलो दिन छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुनको मूल्य पनि २३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा ६० रुपैयाँ घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाल १ सय रुपैयाँले घटेर तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सातोको अन्तिम दिन तोजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्