त्रिविले ५ सय उपप्राध्यापक माग्दै, हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने « Arthapath.com
२७ पुष २०७७, सोमबार

त्रिविले ५ सय उपप्राध्यापक माग्दै, हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ५ सय उपप्राध्यापकका लागि विज्ञापन आह्वान गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको उपप्राध्यापक पदका लागि छिट्टै विज्ञापन आह्वान गर्ने भएको हो । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि १ महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ ।

५ सयभन्दा बढी उपप्राध्यापक पदका लागि प्रक्रिया अगाडि बढाइएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले बताएका छन् । यसका लागि छलफल जारि रहेकाले महिनादिनभित्रै सबै टुङ्गो लगाइने उनले बताए ।

विश्वविद्यालयको परीक्षा प्रणालीमा पनि आवश्यक सुधार हुँदै गएकाले उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने उनको भनाइ छ ।

उनले भने, “कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने छ, यसका लागि योजना बनाएर दरबन्दी सङ्कलनको अन्तिम चरणमा छ, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दीसमेत सङ्कलन गर्ने काम भइरहेको छ ।” विश्वविद्यालयको रिक्त दरबन्दीका आधारमा हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्