लक्ष्मी बैंकको ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना नियुक्त « Arthapath.com
२८ पुष २०७७, मंगलवार

लक्ष्मी बैंकको ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना नियुक्त



काठमाडौं । लक्ष्मी बैंकको साधारण सभामा हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड पुगेको छ । बैंकको पौष २८ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित साढे ११.५० प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५÷०७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन र स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा चयन गरेको छ ।

बैंकको आर्थिक बर्ष २०७६÷०७७ मा १ खर्ब निक्षेप संकलनगरी ८९ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार १२८ अर्ब रहेको छ । चालु आर्थिक बर्षमा बैंकले १ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्