रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिनेको संख्या घट्यो « Arthapath.com
२९ पुष २०७७, बुधबार

रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिनेको संख्या घट्यो



काठमाडौं । चलु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स १०.९ प्रतिशत बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ५ महिनामा रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भई ४१६ अर्ब ८१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ ।

मंसिर महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ७७।९५ ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११।।८५ ले बढेको थियो । यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ६९।४५ ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १।१५ ले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्