नेपाल विद्युत प्राधिकरणद्धारा लोडसेडिङ तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाका विभिन्न स्थानमा विभिन्न समयमा बत्ति जाने प्राधिकरणले सूचना मार्फत जानकारी दिएको हो ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार जुम्लाको विभिन्न स्थानमा हरेक दिन ३ पटक बत्ति जाने भएको छ । जुम्लाका विभिन्न स्थानमा दैनिक विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने भएको छ ।
