प्रधानमन्त्री र राष्ट्रपतिमाथी हमला भयोः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले प्रधानमन्त्री र राष्ट्रपतिमाथी हमला गर्न खोजेको बताएका छन् । मंगलबार नेकपा नुवाकोट जिल्लाका ओली पक्षिय नेता कार्यकर्ताहरूलाई सम्बोधन तथा गर्दै प्रधानमन्त्रीले सो कुराको खुलासा गरेका हुन् ।
प्रतिनिधि सभासंसद विघटन गर्नुभन्दा अगाढि नै प्रचण्ड–माधव समूहले हमला गर्न खोजेको ओलीले बताएका हुन् । उनले भने, “प्रधानमन्त्री र राष्ट्रपतिमाथी हमला भयो । राष्ट्रपतिले त जवाफ दिन मिल्दैन । प्रधानमन्त्रीले त जवाफ दिन मिल्छ ।” जनताको बहुदलिय जनवादका आधारभुत कुराहरू समेटेर जनताको बहुदलिय जनवादलाई पार्टीको मूल सिद्धान्त बनाएर अघि बढ्ने ओलीले बताए ।
पार्टी सचिवालयका ५ जना बसेर भैसेपाटी भेलाले आफुलाई अपराधी भन्दा पनि तल राखेको प्रधानमन्त्री ओलीले बताए ।
सम्बोधनका क्रममा ओलीले भने, “केही मान्छेहरू पार्टी छोडेर गएर राम्रो भयो । पार्टीमा धेरै फोहोर भएको थियो, अव सफा हुन्छ । संगठन सुध्रिढिकरण आवश्यक थियो । अव नेकपा सुद्ध हुन्छ । प्रचण्ड माधव फोहोर थिए निस्किए राम्रो भो ।” त्यस्तै, पुष्पकमल दाहाल प्रचण्डलाई चिन्न कसैलाई बाँकि रहेको र माधव नेपाल चिनिएको नै ब्यक्ति भएको ओलीले बताए ।