प्रचण्डले गरिबलाई रंगिन सपना देखाएर रगतमा होली खेलेः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले गरिबलाई रंगिन सपना देखाएर रगतमा होली खेल्ने गरेको आरोप लगाएका छन् । मंगलबार नेकपा नुवाकोट जिल्लाका ओली पक्षिय नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, “प्रचण्डले त दुःखी गरिबलाई रंगिन सपना देखाएर रगतमा होली खेल्दै आएका व्यक्ति हुन । अव बत्ती निभाएर चुनाव जित्ने दिन प्रचण्डको सकिए । मतपत्र च्यातेर छोरी जिताउने दिन पनि छैन ।”
त्यस्तै, सम्बोधनका क्रममा प्रधानमन्त्री ओली अव नेकपामा अराजकता नचल्ने बताए । उनले भने, प्रचण्ड माधवको पद खाली छ फर्केर आउँदा गुटवन्दी गर्न भने पाईन्न । प्रचण्ड–माधवले छाडेपछि नेकपा चलमलाएको छ ।
निर्वाचन हुँदैन भन्ने भ्रममा नपरेर बैसाख १७ र २८ मै चुनाव हुने दावी गरे । प्रतिनिधिसभा पुनस्थापना कुनै हालतमा हुँदैन । चुनाव हुन्छ । नेकपाले एक्लै बहुमत ल्याउने उनले बताए ।