कुन बैंकले कति ब्याजदरमा सेयर कर्जा दिने ? « Arthapath.com
१४ माघ २०७७, बुधबार

कुन बैंकले कति ब्याजदरमा सेयर कर्जा दिने ?



काठमाडौं । माघ १ गतेदेखि लागु हुनेगरी विभिन्न वाणिज्य बैंकहरूले सेयर धितो कर्जासँगै अन्य कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको आधार दर ५.७४ प्रतिशत रहेको छ । यो बैंकले आधार दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतमात्र प्रिमियर जोडर यस्तो कर्जा प्रवाह गर्ने भएको छ । वाणिज्य बैंकबाट न्यूनतम ७.२४ देखि अधिकतम ८.७४ प्रतिशतसम्म ब्याजदरमा यो कर्जा पाइने भएको छ ।

प्रभु बैंकको आधार दर ७.३९ प्रतिशत रहेको छ । यो बैंकले पनि आधार दरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोडेर ११.३९ प्रतिशतसम्मको ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गर्ने भएको छ ।

हिमालयन बैंकले पनि आफ्नो आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडर ग्राहकलाई सेयर धितो कर्जा प्रवाह गर्ने जनाएको छ ।

एनसीसी बैंकले अधिकतम १३.६३ प्रतिशत ब्याजमा यो कर्जा प्रवाह गर्ने भएको छ । यो बैंकको आधार दर ८.६३ प्रतिशत रहेको छ ।

नेपाल बंगलादेश बैंकले पनि आफ्नो प्रिमियम दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडर सेयर धिर्ता कर्जा उपलब्ध गराउने भएको छ ।

एभरेस्ट बैंकले भने आधार दरमा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम जोडर यो कर्जा प्रवाह गर्ने भएको छ । यो बैंकको आधार दर ६.५ प्रतिशतमात्र रहेको छ ।

सनराइज बैंकले पनि अधिकतम् १३.२४ प्रतिशतसम्म यस्तो कर्जामा ब्याज लिने भएको छ । यो बैंकको आधार दर ७.२४ प्रतिशतमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम जोड्ने भएको हो ।

कृषि विकास बैंकले अधिकतम् ५ प्रतिशतसम्मको प्रिमियममा सेयर धिर्ता कर्जा उपलब्ध गराउने भएको छ । यो बैंकको आधार दर ८.४८ प्रतिशत रहेको छ ।

एनएमबी बैंकले पनि अधिकतम् ५ प्रतिशतसम्मको प्रिमियम दरमा सेयर धिर्ता कर्जा प्रवाह गर्ने भएको छ ।

बैंक अफ काठमाण्डूले अधिकतम ५ प्रतिशत प्रिमियम दरमै सेयर धिर्ता कर्जा उपलब्ध गराइने जनाएको छ । यो बैंकको आधार दर ७.६७ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्