महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने « Arthapath.com
१५ माघ २०७७, बिहीबार

महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत साधारण शेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सोबेन) ले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्