सुपर मादी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक « Arthapath.com
१५ माघ २०७७, बिहीबार

सुपर मादी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक



काठमाडौँ । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ३१ करोड ५० लाख रूपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका तर्फ बाट अध्यक्ष पुष्प ज्योति ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६५ साल माघ ०३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना भएको कम्पनी हो ।


प्रतिक्रिया दिनुहोस्