१२ हाइड्रो पावरको आकर्षक लाभांश, कुन हाइड्रोको कति ? « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

१२ हाइड्रो पावरको आकर्षक लाभांश, कुन हाइड्रोको कति ?



काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत भएका विभिन्न १२ वटा हाइड्रोपावरहरूले आर्थिक वर्ष २०७६/०७७ बाट कम्पनीका सेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरेका छन् । साधारणसभाबाट पारित भएपश्चात् उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ । तीमध्ये, केहि कम्पनीको लाभांश साधारणसभाबाट समेत पारित भइसकेको छ ।

कुन हाइड्रोपावरको कति लाभांश ?

१. बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनी लिमिटेडको पौष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ ।

२. सानिमा माई हाइड्रोपावर
सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको मंसिर १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

३. चिलिमे जलविद्युत् कम्पनी
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको मंसिर १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ ।

४. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको मंसिर २८ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गरेको छ ।

५. अपि पावर कम्पनी
अपि पावर कम्पनी लिमिटेडको मंसिर ८ गते, सोमबार सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनस सेयर वितरण गरेको छ ।

६. ङादी ग्रुप पावर कम्पनी
ङादी गपु्र पावर कम्पनी लिमिटडे को पुस ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

७. युनाइटेड मोदी हाइड्रोपावर
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई करसहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गरेको छ ।

८. अरूण भ्याली हाइड्रोपावर
अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गरेको छ ।

९. अरूण काबेली पावर कम्पनी
अरूण काबेली पावर कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

१०. रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

११. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मंसिर ३० गते मंगलबार, बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने गरेको छ ।

१२. छ्याङदी हाइड्रोपावर कम्पनी
छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्