प्रधानमन्त्री ओलीले गरे सबैभन्दा बढी क्षमताको विद्युत सवस्टेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै सबैभन्दा बढी क्षमता भएको विद्युत सवस्टेशनको उद्घाटन गरेका छन ।
आज ढल्केवर विद्युत सबस्टेशनको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच प्रधानमन्त्री ओलीले मुलुककै सबैभन्दा ठूलो सवस्टेशनको उद्घाटन गरेका हुन ।
यो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो। हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ ।
यस्तै कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्। सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सवस्टेशनसमेत हो ।
सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ ।