बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १०% छुट « Arthapath.com
२६ माघ २०७७, सोमबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेस बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउने छन ।

डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्