सुनको उकालो यात्रा, मंगलबार एकैदिन तोलामा १५ सयले बढ्यो « Arthapath.com
२७ माघ २०७७, मंगलवार

सुनको उकालो यात्रा, मंगलबार एकैदिन तोलामा १५ सयले बढ्यो



काठमाडौं । मंगलबार आज नेपाली बजारमा सुनको मुल्य बढेको छ ।आज सुन एकैदिन तोलामा १५ सयले बढेको हो । आज सुन तोलामा १५ सयले बढेर आज ९१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ९० हजार ४ सय तोलामा कारोबार भएको थियो । त्यस्तैै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको छ । हिजो. सोमबार चाँदी १३१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्