पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय « Arthapath.com
२७ माघ २०७७, मंगलवार

पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ ।

वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्