मागभन्दा साढे ७ गुणा बढि आवेदन परेको ग्रीनलाइफको आइपीओ अर्काे साता बाँडफाँड गरिने « Arthapath.com
२८ माघ २०७७, बुधबार

मागभन्दा साढे ७ गुणा बढि आवेदन परेको ग्रीनलाइफको आइपीओ अर्काे साता बाँडफाँड गरिने



काठमाडौं । सर्वसाधारणलाई सेयर निष्काशन गरेको अन्तिम दिनसम्म ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख २६ हजार ७७ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार २ करोड ३७ लाख ३० हजार १८० कित्ताकालागि कूल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको थियो । कम्पनीको आइपीओमा मागभन्दा ७.३० गुणा बढी आवेदन दिएका हुन् ।

ग्रीनलाइफले कूल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीको आइपीओ अर्काे साता बाँडफाँड गरिने निष्काशन कम्पनीले जनाएको छ । अन्तिम तथ्याङ्क आउन बाँकि रहेको कतिगते बाँडफाँड गर्ने भन्ने फिक्स नभएको तर फागुन ७ गतेभित्र बाँडफाँड गरिने बिओके क्यपिटलका जुनियर असिस्टेण्ट शुसिला रानाले जानकारी दिइन । उनका अनुसार प्रिअलटमेण्ट गरिएको ३ दिनपछि बाँडफाँड गरिने छ । गोलाप्रथा विधिबाट आइपीओ बाँडफाँड गरिने छ ।


प्रतिक्रिया दिनुहोस्