बुधबार नेप्से ८.६६ अंकले बढ्यो « Arthapath.com
२८ माघ २०७७, बुधबार

बुधबार नेप्से ८.६६ अंकले बढ्यो



काठमाडौं । बुधबार नेप्से ८.६६ अंकले बढेको छ । उतरचडाप विच आज नेप्से ८.६६ अंकले बढेर २५ सय ४३.०३ अंकमा पुगेर बन्द भएको छ ।

आज ७ अर्ब ६४ करोड ९४ लाखको कारोबार भएको छ । यो मंगलबारको तुलनामा घटेको हो । हिजो ८ अर्ब १४ करोडको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी होटल समुहका लगानिकर्ताले कमाएका छन । आज होटल ४४ अंकले बढेको छ ।

त्यस्तैगरि आज बैंकिङ समूह २६ अंकले बढेको छ । विकास बैंक १, फाइनान्स ३८ र निर्जीवन बीमा समूह ६२ अंकले बढेका छन् ।

आज ब्यापार ९७, जलविद्युत १९, उत्पादन ६९, अन्य ६, माइक्रोफाइनान्स ४४ र जीवन बीमा ११५ अंकले घटेका छन् ।


प्रतिक्रिया दिनुहोस्