स्वदेशी श्रम र शीपलाई प्रवद्र्धन गर्न गभर्नर अधिकारीको आग्रह « Arthapath.com
२८ माघ २०७७, बुधबार

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धन गर्न गभर्नर अधिकारीको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न आग्रह गरेको छन । नेपालको ठूलो जनशक्ति रोजगारीकालागि विदेश पलायन हुनुपरेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको वाहुल्यता रहेको उल्लेख गर्दै उहाँले स्वदेशमा नै पर्याप्त तालिमको ब्यवस्थागरी रोजगारी प्रवद्र्धनगर्न सकीने बताएका छन ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डल सँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा काम गर्नका लागि पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न र विदेशी कालिगढलाई विस्थापित गर्न दिएका छन ।

स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने शीप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले ब्यक्त गर्नुभयो । एक तथ्याङक अनुसार नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झण्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएका छन् । जसवाट ठूलो धनराशी विदेशीँदै आएको छ ।

ब्यवसायी सँगको छलफलकाक्रममा गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागु गर्न समेत जोड दिनुभयो । अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अब्यवहारिक भएको उल्लेख गर्दै सुनचाँदी ब्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न उहाँले आग्रह गर्नुभयो । ‘सुनचाँदीको क्षेत्रमा ठूलाठूला कारोबार हुने गरेको भएपनि अझै सम्म पनि यस्तो कारोबार परम्परागत प्रविधि अनु?प नै हुनेगरेको छ,’ उहाँले भन्न्ेभयो ‘समय सापेक्ष ?पमा कारोबार प्रणालीमा परिमार्जन ल्याउन आवश्यक छ ।’

सुनचाँदी ब्यवसायीले अगाडि सारेका मागह?बारे आफू सकारात्मक रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले संभव भएसम्म माग पुरा गराउन राष्ट्र बैंक तयार रहेको बताएका छन । उहाँले सुनको आपूर्ति विदेशी मुद्राको संञ्चिति सँग सम्वन्धित रहेको उल्लेख गर्दै बजारको माग अनु?प त्यसलाई ब्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

उनले तोकिएका नाकाह?वाट पनि सरल र सहज?पमा सुन वितरणको ब्यवस्था मिलाउन, १५ दिन अगावै सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रणगर्न, आफूर्तिमा लागु हुँदै आएको कोटाको सिमा पुनरावलोकन गर्न र ब्यवसायीले उठाएका अन्य जायज मागह?को सम्वोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन ।

त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनका दौरानमा आइपरेका समस्याह? जानकारी गराउँदै तीनलाई हलगर्नका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले ब्यवसायीलाई परेका समस्या समाधान गर्न राष्ट्र बैंकको अहँ भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गर्नुभयो । गभर्नर अधिकारीसँगको भेटकाक्रममा महासंघका विभिन्न पदाधिकारीह?को सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्