डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश घोषणा « Arthapath.com
२९ माघ २०७७, बिहीबार

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतशित बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

माघ २८ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्